Section 13
पत्राचारको गोपनीयता हुने
(१) प्रत्येक व्यक्तिलाई निजको चिठ्ठीपत्र, पत्राचार वा विद्युतीय पत्र (इमेल) वा विद्युतीय माध्यमबाट प्रवाह हुने संवाद वा त्यस्तै प्रकृतिका अन्य पत्राचारको गोपनीयता कायम राख्न पाउने अधिकार हुनेछ।
(२) कसैले कुनै पनि व्यक्तिको उपदफा (१) बमोजिमका चिठ्ठीपत्र, पत्राचार वा विद्युतीयपत्र (इमेल) वा विद्युतीय माध्यमबाट प्रवाह हुने संवाद वा त्यस्तै प्रकृतिका अन्य पत्राचार अनधिकृत रूपमा पढ्न, हेर्न, अरु कसैलाई उपलब्ध गराउन, प्रकाशन गर्न, प्रसारण गर्न वा अन्य कुनै किसिमले सार्वजनिक गर्न हुँदैन।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित व्यक्तिको मञ्जुरीमा वा कुनै फौजदारी कसूरको अनुसन्धानको सिलसिलामा प्रचलित कानून बमोजिम अधिकार प्राप्त अधिकारीको आदेशले कुनै पनि व्यक्तिको चिठ्ठीपत्र, पत्राचार वा विद्युतीय पत्र (इमेल) वा विद्युतीय माध्यमबाट प्रवाह हुने संवाद वा त्यस्तै प्रकृतिका अन्य पत्राचार उपलब्ध गर्न वा गराउन सकिनेछ।